खोटाङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
दिक्तेल, असोज १७ : खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेल, असोज १७ : खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको स १ त ६६८० नम्बरको ट्याक्टर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते टेम्माकै ३० वर्षीय हरि मुग्रातीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ। दुर्घटनापछि चालक निशान राई र सहचालक विशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:०५ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












