चितवनमा थपिए १८ जना कोरोना संक्रमित
चितवन, असोज १७ : चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका...
चितवन, असोज १७ : चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ११ पुरूष र ६ महिलामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरू २४ देखि ६८ वर्षसम्मका छन् । यस्तै राप्ती-४ की ६२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।
प्रकाशित मिति: १३:०८ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












