कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द
धादिङ, असोज १६ : धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्। अस्पतालमा कार्यरत...
धादिङ, असोज १६ : धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्।
अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएका हुन्। अस्पतालको आकस्मिक, ज्वारो क्लिनिक, र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए।
यही असोज ७ गतेदेखि १२ गतेसम्म पनि अस्पतालका सेवा बन्द भएका थिए।
नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा पनि संक्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्। जिल्लामा एकै दिन २२ जनामा संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: ००:१६ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












