Kathmandu Press

प्रदेश ५ : कोरोना नियन्त्रण कोषमा १० करोड थप

बुटवल, ,असोज १६ : प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको छ।यसअघि १० करोड...
प्रदेश ५ : कोरोना नियन्त्रण कोषमा १० करोड थप

बुटवल, ,असोज १६ : प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको छ।

यसअघि १० करोड राखेर कोरोना कोष स्थापना भएको थियो। बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत  गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले  जानकारी दिए। 

गत वर्षदेखि नै कामकाज गर्दै आएका कर्मचारीको यस वर्ष पनि दरबन्दी स्वीकृत भएको हो। बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकमा बर्दिया, गुलरियाका मोतीप्रसाद शर्मालाई  नियुक्त गर्ने निर्णय पनि गरेको छ। 

प्रकाशित मिति: २३:२१ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्