Kathmandu Press

धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु

कञ्चनपुर, असोज १६ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएर एक महिलाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार...
धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु

कञ्चनपुर, असोज १६ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो। ‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘ट्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ।’

उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए।

प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्