Kathmandu Press

चट्याङबाट एक वर्षमा ७४ को मृत्यु

काठमाडौं, वैशाख १३ : चट्याङ लागेर एक वर्षमा ७४ जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङले २०७५ वैशा....

चट्याङबाट एक वर्षमा ७४ को मृत्यु

काठमाडौं, वैशाख १३ : चट्याङ लागेर एक वर्षमा ७४ जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङले २०७५ वैशाखदेखि वैशाख १३ गतेसम्म ७४ जनाको मृत्यु भएको हो। आज पनि झापाको भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको छ।

घरमै सुतिरहेका उनी बिहान २ बजे चट्याङ पर्दा घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल पु¥याएपनि उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।

गत एक वर्षमा चट्यांकले चार सय ४७ जना घाइते भएका छन्। यो अवधिमा देशका तीन सय १९ ठाउँमा चट्याङ परेको छ।

जसबाट चार सय ६२  घरपरिवार प्रभावित भएका छन्। चट्याङकै कारण १६ घर पूर्णरुपमा र ४५ घरमा आंशिक क्षति भएको आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक छ।

त्यस्तै, चट्याङले १७ वटा गोठमा क्षति पुगेको छ। गोठमा रहेका दुई सय २४ पशुचौपाया मरेका छन्।

केन्द्रको तथ्यांक अनुसार २०६८ यता चट्याङबाट नौ सय जनाको ज्यान गएको छ भने एक हजार आठ सयभन्दा बढि घाइते भएका छन्।

सबैभन्दा बढी चैत–वैशाखमै चट्याङ पर्ने गरेको केन्द्रले जनाएको छ। यो समयमा हावाहुरी, असिनापानीसँगै चट्याङ पर्दा ज्यान समेत जाने गरेको छ।

 

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, वैशाख १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्