६ महिनामा केन्द्रीय कारागारका १३ कैदीबन्दीको मृत्यु
काठमाडौं, माघ ७ दशकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा ६ महिनामा १३ कैदीबन्दीको मृत्यु भएको छ ।
कारागारभित्रको चिसो र विभिन्न रोग....

काठमाडौं, माघ ७ दशकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा ६ महिनामा १३ कैदीबन्दीको मृत्यु भएको छ ।
कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.भगतलाल श्रेष्ठले बताए ।
‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो,’ उनले भने । कारागार अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई रोगको प्रकृति हेरेर वीरअस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पतालमा पठाउँदै आएको डा. श्रेष्ठले बताए ।
वि.सं. १९७१ मा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा २०२० तिरबाट कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको हो । केन्द्र, भद्र र महिला जेल भएको केन्द्रीय कारागारमा हाल दुई हजार आठ सय कैदीबन्दी रहेका छन् ।
यस्तै चालू आवमा मात्र झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गराएको कारागार अस्पतालले जनाएको छ । आव २०७४÷७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गरेका थिए ।
२४ सैँ घण्टा कैदीबन्दीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक डिल्लीबजार कारागार र नख्खु कारागारका कैदीबन्दीको समेत उपचार गर्दै आइरहेको छ । (रासस)










