Kathmandu Press

चट्याङ लागेर युवकको मृत्यु

झापा, वैशाख १३ : भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ।

घरमा सुतिरहेको बेला आज बि....

चट्याङ लागेर युवकको मृत्यु

झापा, वैशाख १३ : भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ।

घरमा सुतिरहेको बेला आज बिहान २ बजे चट्याङ लागेर भीमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

उनी चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बिहानै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस अघि पनि झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो। मेचीनगर नगरपालिका–१५ का प्रकाश बुढाथोकीको गत चैत २३ गते खेत जोतिरहेका बेला चट्याङ लागेर मृत्यु भएको थियो।

 

प्रकाशित मिति: ११:१२ बजे, शुक्रबार, वैशाख १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्