Kathmandu Press

अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ, असोज १३ : होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा प्रहरीले दुई जनालाई  पक्राउगरेको छ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी...
अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ, असोज १३ : होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। 

गत असोज १० गते पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरेर कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। पक्राउ परेका दुबै जनाको नाम भने गोप्य राखिएको छ।

प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्