Kathmandu Press

सेञ्चुरी बैंकले साढे ६ प्रतिशत लाभांस बाढ्ने, अध्यक्षमा श्रेष्ठ

काठमाडौं, वैशाख १२ : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यस बर्ष साढे ६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । 

बैकको आठौं वार्षिक साधार....

सेञ्चुरी बैंकले साढे ६ प्रतिशत लाभांस बाढ्ने, अध्यक्षमा श्रेष्ठ

काठमाडौं, वैशाख १२ : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यस बर्ष साढे ६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । 

बैकको आठौं वार्षिक साधारण सभाले साढे ६ प्रतिशत लाभास वितरण गर्ने निर्णय पारित गरेको छ। सभाले २ प्रतिशत बोनस शेयर र साढे चार प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।
बोनस शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। 

बैकका अध्यक्ष राजेशकुमार श्रेष्ठ

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्यलाई सञ्चालक चयन गरेको छ। श्रेष्ठ बैकको अध्यक्ष चयन भएका छन् । उनी यसअघि पनि बैकको अध्यक्ष थिए । 
 
प्रकाशित मिति: २२:०५ बजे, बिहीबार, वैशाख १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्