Kathmandu Press

फिल्म ‘रे’ असार २७ मा प्रदर्शनमा आउने

काठमाडौं, वैशाख १२ : काठमाडौं उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा आधारित फिल्म ‘रे’ असार २७ मा प्रदर्शनम....

फिल्म ‘रे’ असार २७ मा प्रदर्शनमा आउने

काठमाडौं, वैशाख १२ : काठमाडौं उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा आधारित फिल्म ‘रे’ असार २७ मा प्रदर्शनमा आउने भएको छ।

फिल्मको अहिले पोस्टप्रोडक्सनको काम भइरहेको निर्माण पक्षले जनाएको छ।  काठमाडौं, भक्तपुर र ललितपर जिल्लामा हुने तीन मुख्य जात्रामा आधारित रहेर फिल्म बनाइएको फिल्मका निर्देशन दिनेश पौड्यालले जानकारी दिए। उनका अनुसार फिल्ममा काठमाडौंमा मनाइने ‘इन्द्र जात्रा’ लाई पनि समेटिएको छ।

Hardik ivf

‘काठमाडौंको मुख्य जात्राको रुपमा लिइने इन्द्रजात्रालाई जोगाइ राख्ने र यो परम्परालाई अघि लैजाने पालो अब युवा पुस्ताको हो। यही कुराको कर्तव्यबोध गराउनका लागि जात्राको विशेषताबारे काठमाडौं लगायत मोफसलका नेपालीहरुलाई पनि जानकारी दिनको लागी फिल्म ‘र’े बनाइएको हो,’ निर्देशक पौडेलले भने।

फिल्म ‘रे ले सामाजिक सन्देश दिने र जात्राका कारण निम्तिने पक्षहरुलाई देखाउन खोजिएको छ। सगुन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यो फिल्म हलसम्म पुग्दा कुल लागत सवा करोड पुग्ने निर्माण पक्षको अनुमान छ। उच्च भिएफएक्सको प्रयोगका साथै प्राविधिक पक्ष पनि बलियो रहेको निर्माण टिमको दाबी छ। फिल्म हेरेपछि दर्शकले पैसा खेर गयो भन्ने महसुुस नगर्ने कुरामा निर्देशक पौड्याल आफू विश्वस्त रहेको बताउँछन्।

फिल्मको पहिलो गीत केही दिनमै रिलिज गर्ने तयारी छ। फिल्ममा अभिनेता दिवस धिताल, अभिनेत्री सुजाता थापा र अभिनेता सुनिल थापाको मुख्य भूमिका रहेको छ।

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, वैशाख १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्