Kathmandu Press

इलाम बन्यो कोरोनामुक्त जिल्ला

इलाम, असोज १२ : कोरोना महामारीपछि पहिलो पटक इलाम कोरोनामुक्त जिल्ला भएको छ। कोरोनाका सक्रिय संक्रमितहरु घर फर्किएपछि इलाम कोरोना संक्रमणमुक्त भएको हो। गत...
इलाम बन्यो कोरोनामुक्त जिल्ला
सांकेतिक तस्वीर।

इलाम, असोज १२ : कोरोना महामारीपछि पहिलो पटक इलाम कोरोनामुक्त जिल्ला भएको छ। 

कोरोनाका सक्रिय संक्रमितहरु घर फर्किएपछि इलाम कोरोना संक्रमणमुक्त भएको हो। गत जेठ २७ गते जिल्लामा पहिलो संक्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको संख्या शून्य भएको हो ।  

Hardik ivf

इमालमा अहिलेसम्म ९३ व्यक्ति संक्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ। अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। 

इलाममा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो। जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको थियो। रासस

प्रकाशित मिति: २१:४९ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्