एनसेलसँग तत्काल लाभकर नउठाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, वैशाख १२ : सर्वोच्च अदालतले एनसेलसँग लिनु पर्ने लाभकर तत्काल नउठाउन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश बमकुमार श्रेष....

काठमाडौं, वैशाख १२ : सर्वोच्च अदालतले एनसेलसँग लिनु पर्ने लाभकर तत्काल नउठाउन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले बिहीबार एनसेलको लाभकर तत्काल नउठाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। यो आदेशसँगै फेरि एनसेल कर प्रकरण लम्बिने संकेत देखिएको छ। न्यायाधीश श्रेष्ठको इजलासले दुबै पक्षको छलफल नभएसम्म कर नलिन ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
दुबै पक्षलाई वैशाख २४ गते छलफलका लागि समेत बोलाइएको छ। सर्वोच्चको फैसलासँगै ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्चमा मुद्दा दायर गरेको थियो।
एनसेलका कानून अधिकृत रमेश घिमिरेको तर्फबाट प्रशन्न श्रेष्ठले सर्वोच्चमा वारेस राखेर दर्ता गरेका थिए। एनसेलले आफूले दुई आर्थिक वर्षमा रकम बुझाएको दाबी गर्दै अब १४ अर्ब ३६ करोडमात्र लाभकर बुझाउनुपर्ने दाबी गरेको थियो।
ठूला करदाता कार्यालयले भने एनसेलले अब ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो।











-1754206481.jpg)