Kathmandu Press

गुडिरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु

ताप्लेजुङ, असोज ११ : गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको...
गुडिरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु

ताप्लेजुङ, असोज ११ : गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो। 

डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट  खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो। चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्