Kathmandu Press

सुदूरपश्चिममा एक हजार नाघे सक्रिय संक्रमित

धनगढी, असोज ११ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमित बढ्दै गएका छन्। शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट ९८ जना संक्रमित थपिएसँगै सक्रिय...
सुदूरपश्चिममा एक हजार नाघे सक्रिय संक्रमित

धनगढी, असोज ११ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमित बढ्दै गएका छन्। शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट ९८ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक हजार ८५ पुगेको हो।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये अछाममा एक सय ३०, बैतडीमा ८०, बझाङमा एक सय १३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा एक सय ३८, कैलालीमा पाँच सय ३१ र कञ्चनपुरमा ४७ जना छन्।

पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा कैलालीका ५४, कञ्चनपुरका १३, बैतडीका दुई, डोटीका १५ र अछामका १४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

प्रदेशमा निको हुने संक्रमित संख्या पनि पाँच हजार आठ सय ८३ पुगेको छ। पछिल्लो २४ घन्टामा १० जना डिस्चार्ज भउका छन्।

आइतबार प्रदेशका विभिन्न अस्पतालमा ५३ कोरोना संक्रमितको उपचार भईरहेको छ। कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १३, टीकापुर १२, महाकाली १३, अछाम १०, डोटी दुई, र डडेल्धुरामा तीन जनाको उपचार भईरहेको छ। त्यस्तै, अहिलेसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्