नेपाल टेलिकमको ‘विद्यार्थी अफर’
काठमाडौं, वैशाख १२ : नेपाल टेलिकमले एसइई दिएका र अन्य विद्यार्थीका लागि उपलब्ध ल्याएको अफरलाई निरन्तरता दिएको छ।
कम्पनीले एसइई दिएका र उच्च ....

काठमाडौं, वैशाख १२ : नेपाल टेलिकमले एसइई दिएका र अन्य विद्यार्थीका लागि उपलब्ध ल्याएको अफरलाई निरन्तरता दिएको छ।
कम्पनीले एसइई दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि उपलब्ध गराएको ‘विद्यार्थी अफर’ लोकप्रिय भएकाले निरन्तरता दिइएको जनाएको छ।
‘विद्यार्थी अफर’अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ। यो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ।
त्यस्तै, बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ। यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको छ।
यसका साथै ‘विद्यार्थी अफर’अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराएको छ। यो सुविधा उपभोग गर्ने समयावधि भने सात दिनको मात्रै रहेको छ।
त्यसैगरी यो अफर अन्तर्गत दर्ता गरिएका सिममा ५० रुपैयाँ वा त्यसभन्दा बढी रकम रिचार्ज गर्दा एक वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको छ। ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ। रिचार्ज गरिसके पछि यो सुविधा तीन दिनभित्र उपभोग गरिसक्नु पर्ने छ।
यस अफरअन्तर्गत उपलब्ध सुरूको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्कभित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने छ।
यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ। अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ।
एसइई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीलाई सिम उपलब्ध गराउने व्यवस्था गरिएको छ। एसइई दिएका विद्यार्थीले सिम लिनका लागि विद्यालयको परिचयपत्र वा परीक्षाको प्रवेशपत्र, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
त्यसैगरी उच्च मावि र त्यसभन्दा माथिल्लो तहका विद्यार्थीले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।











-1754206481.jpg)