चितवनमा उपचाररत कैलालीका कोरोना संक्रमित युवकको मृत्यु
भरतपुर, असोज १० : कोरोना भाइरसको संक्रमणबाट कैलालीका एक जना युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–१ का ३० वर्षीय युवकको चितवन मेडिकल कलेजमा उपचारका...
भरतपुर, असोज १० : कोरोना भाइरसको संक्रमणबाट कैलालीका एक जना युवकको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–१ का ३० वर्षीय युवकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
शुक्रबार उपचारका लागि भर्ना भएका ती युवकको गएराति नै मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।
श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका युवकको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ती युवक मिर्गौला पीडित रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १९:५७ बजे, शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











