वीरेन्द्र अस्पतालमा उपचाररत कोरोना संक्रमित सैनिक जवानको मृत्यु
काठमाडौं, असोज १० : काठमाडौंमा कोरोना भाइरसको संक्रमणबाट एक जना सैनिक जवानको मृत्यु भएको छ। बझाङ घर भई हाल काठमाडौं उपत्यकामा कार्यरत २० वर्षीय...
काठमाडौं, असोज १० : काठमाडौंमा कोरोना भाइरसको संक्रमणबाट एक जना सैनिक जवानको मृत्यु भएको छ।
बझाङ घर भई हाल काठमाडौं उपत्यकामा कार्यरत २० वर्षीय सैनिक जवानको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा मृत्यु भएको सैनिक प्रवक्ता एवं सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए।
उनका अनुसार ती सैनिक जवान असोज ६ गते अस्पताल भर्ना गरिएको थियो। भर्ना हुनासाथ गरिएको स्वाब परीक्षणको रिपोर्ट बिहीबार पोजेटिभ आएको थियो। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या दुई पुगेको छ।
प्रकाशित मिति: १९:३१ बजे, शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











