Kathmandu Press

दुई महिनादेखि बस्न सकेको छैन कर्णाली प्रदेशसभा बैठक 

वीरेन्द्रनगर, असोज १० : कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन। चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार...
दुई महिनादेखि बस्न सकेको छैन कर्णाली प्रदेशसभा बैठक 

वीरेन्द्रनगर, असोज १० : कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन। 

चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन। प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका कारण वर्षे अधिवेशन प्रभावित हुन पुगेको बताए। 

“कोरोना संक्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधिन छन्,” उनले भने, “वर्षे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ।”

सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुंगिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनको भनाइ छ।  सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: १५:५७ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्