Kathmandu Press

झापामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, असोज १० : झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले...
झापामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, असोज १० : झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति बिर्तामोड-५ मा बा ४ ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो ।

Hardik ivf

माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५:१८ बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्