पाल्पा पहिरोमा हराएका ५ जनाको शव भेटियो

काठमाडौं, असोज १० : पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले घर पुरिँदा हराएका ५ जनाकै शव भेटिएको छ ।
६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, १७ वर्षीया छोरी कृष्णमाया गाहा, नातिनीहरु १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिहीबार बिहान पहिरोले घर पुरिदा परिवारका ५ जना बेपत्ता भएका थिए । बिहीबार निरन्तर झरी पर्ने र पहिरो जाने क्रम नरोकिएपछि हिजो बिहानदेखि खोजी सुरु गरिएको थियो । उनीहरुको हिजो बेलुका शव भेटिएको हो ।
बिहीबार नै पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो ।
प्रकाशित मिति: १३:२६ बजे, शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











