Kathmandu Press

जिल्ला कारागार झापाका १० कैदीबन्दीलाई कोरोना संक्रमण

झापा, असोज ९ : जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा  कोरोना संक्रमण पुष्टि भएको छ।शुक्रबार झापामा थपिएका १४ जना संक्रमितमध्ये एक महिला र...
जिल्ला कारागार झापाका १० कैदीबन्दीलाई कोरोना संक्रमण

झापा, असोज ९ : जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा  कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार झापामा थपिएका १४ जना संक्रमितमध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिए।

“काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पीसीआर परीक्षण गर्दा पोजिटिभ आयो”, उनले भने, “ती बन्दीको कन्ट्याक ट्रेसिङको आधारमा अरुको पीसीआर जाँच गर्दा थप १० जनामा कोरोना देखिएको छ।” 

२२ जनाको पीसीआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। उपचारका लागि संक्रमित बन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ।

संक्रमित बन्दी भएकाले सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ। कारागारमा कोरोना संक्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ। संक्रमित बन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेका छन्।

योसँगै झापामा कोरोनो संक्रमितको संख्या ८३६ पुगेको छ। कोरोना संक्रमणबाट झापामा हालसम्म ६ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: ०१:४५ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्