Kathmandu Press

बुटवल कोरोना अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु

बुटवल, असोज ९ : रुपन्देहीमा कोरोना सं‍क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना...
बुटवल कोरोना अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु

बुटवल, असोज ९ : रुपन्देहीमा कोरोना सं‍क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो।  

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर शुक्रबार बिहान कोरोना अस्पताल पुगेका उनको पौने चार बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। 

उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको गौतमले बताए। उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ।

योसँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ।

प्रकाशित मिति: ०१:२९ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्