Kathmandu Press

गोदावरीका नगरपालिकाका प्रमुख महर्जन र पत्नीलाई कोरोना संक्रमण

ललितपुर, असोज ९ : गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनका धर्मपत्नी गङ्गामायालाई कोरोना संक्रमण पुष्टि भएको छ। यही असोज ६ गते उनीहरुले...
गोदावरीका नगरपालिकाका प्रमुख महर्जन र पत्नीलाई कोरोना संक्रमण
Hardik ivf

ललितपुर, असोज ९ : गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनका धर्मपत्नी गङ्गामायालाई कोरोना संक्रमण पुष्टि भएको छ। यही असोज ६ गते उनीहरुले स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना संक्रमण पुष्टि भएको हो। 

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए। उनले भने, ‘मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु।’

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना संक्रमण भएको नतिजा आएको छ। उनीहरु दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका छन्।

प्रकाशित मिति: ००:१८ बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्