कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असोज ९ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका ८ का ७२ वर्षीय वृद्धको शुक्रबार दिउँसो मृत्यु भएको हो।
उनमा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। मिर्गौला सम्बन्धी रोग रहेका वृद्धको बिहीबार स्वाब संकलन गराएका थिए।
प्रकाशित मिति: ००:०५ बजे, शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











