Kathmandu Press

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी नियुक्त

काठमाडौैं, असोज ९ : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन्।शुक्रबार बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल...
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी नियुक्त

काठमाडौैं, असोज ९ : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन्।

शुक्रबार बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिए।

उनका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो। 

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो। कार्यवाहक अध्यक्ष बुढाथोकीले  शुक्रबारै पदभार ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए। निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले शुक्रबारै बोर्डसमक्ष दिएको राजीनामा स्वीकृत गरिएको हो।  

तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो। कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यमा भने असोज १२ गतेसम्म रहनेछन्।
 

प्रकाशित मिति: २२:५५ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्