Kathmandu Press

मोरङमा शुक्रबार थपिए ६९ जना कोरोना संक्रमित  

काठमाडौं, असोज ९ : मोरङमा थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा मोरङमा थप ६९ जनामा कोरोनाको संक्रमण पुष्टि...
मोरङमा शुक्रबार थपिए ६९ जना कोरोना संक्रमित  
सांकेतिक तस्वीर।

काठमाडौं, असोज ९ : मोरङमा थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा मोरङमा थप ६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ४६ पुरुष र २३ जना महिला रहेका छन्।

Hardik ivf

यस्तै, शुक्रबार नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। संक्रमितमध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५९ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर १४५५ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:२१ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्