सुर्खेतमा खोलामा नवजात शिशुको शव भेटियो
वीरेन्द्रनगर, असोज ९ : सुर्खेतको वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ र ६...वीरेन्द्रनगर, असोज ९ : सुर्खेतको वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक शिशुको शव भेटिएको हो। प्रहरीले शव बालकको रहेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताए।
“शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ”, उनले भने,“कसले किन फालेको हो भन्नेबारे अनुसन्धान सुरु भइसकेको छ।” प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ। रासस
प्रकाशित मिति: २१:५० बजे, शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१