Kathmandu Press

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

राजविराज, असोज ९ : सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित वीपी...
सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 
सांकेतिक तस्वीर।

राजविराज, असोज ९ : सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान मृत्यु भएको हो।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भएको थियो।रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। 

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।
 

प्रकाशित मिति: २१:३३ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्