Kathmandu Press

एसिड छ्यापेर कसैलाई असर नगरे पनि १० वर्ष जेल, पीडितको सम्पूर्ण उपचार सरकारले गर्ने

काठमाडौं, असोज ९ : सरकारले एसिड आक्रमणका कारण पीडितको मृत्यु भएमा ज्यान मुद्दा चलाउने अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले एसिड पीडितको उपचारका...
एसिड छ्यापेर कसैलाई असर नगरे पनि १० वर्ष जेल, पीडितको सम्पूर्ण उपचार सरकारले गर्ने

काठमाडौं, असोज ९ : सरकारले एसिड आक्रमणका कारण पीडितको मृत्यु भएमा ज्यान मुद्दा चलाउने अध्यादेश ल्याएको छ। 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले एसिड पीडितको उपचारका क्रममा वा त्यसपछि एसिडकै अन्य असरले पछि मृत्यु भएमा कसुरदारमाथि ज्यान मुद्दा चलाउने अध्यादेश ल्याएको हो।

Hardik ivf

फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्दै तयार भएको अध्यादेशमा एसिड प्रहार गर्दा नलागेको अवस्थामा पनि १० वर्ष कैद सजाए तोकिएको छ। 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो। राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ। आँखा, कान, नाक, मुख, अनुहार, महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाए तोकिएको छ।

यस्तै दृष्टि तथा श्रवण शक्ति गुमेको अवस्थामा र अनुहार जलेर कुरुप भएको अवस्थामा त्यस्तो कसुर गर्ने २० वर्ष कैद र १० लाख जरिवाना तोकिएको छ। अध्यादेशले एसिड आक्रमणमा परेकाहरुको निःशुल्क उपचार सुनिश्चित गरेको छ। सरकारले नै सबै उपचार व्यहोर्ने भएकाले पीडितको नाममा सहयोग उठाउन समेत रोक लगाइएको छ।

प्रकाशित मिति: २१:१७ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्