पाल्पाको रम्भामा पहिरो : बेपत्ता तीन जनाको शव भेटियो
पाल्पा, असोज ९ : पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ। बिहीबार बिहान पहिरोमा पुरिएकामध्ये १६ वर्षीया...
पाल्पा, असोज ९ : पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ।
बिहीबार बिहान पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेको शव शुक्रबार भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए।
उनका अनुसार बेपत्ता भएका अन्य दुई जनाको खोजी भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन्।
पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ।
प्रकाशित मिति: २०:५९ बजे, शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)