मानअधिकार आयोगले गर्यो डा. केसीको जीवन रक्षाको माग
काठमाडौं, असोज ९ : चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको...
काठमाडौं, असोज ९ : चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै आयोगले चिकित्सा शिक्षा जस्तो आधारभुत मानव अधिकारप्रति संवेदनशील हुन सरकारलाई भनेको छ।
आयोगले डा. केसीसँग भएका सम्झौता पालनाका लागि पनि सरकारलाई आग्रह गरेको छ। यस्तै वार्ता र संवादबाट मागको समाधान गर्न भन्दै आमरण अनसन जस्तो जीवननै जोखिममा पर्ने विकल्प नरोज्न केसीलाई आग्रह गरेको छ।
चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसीले भदौ २९ गते जुम्लाबाट आमरण अनशन सुरु गरेका थिए।
यो उनको १९ औँ अनसन हो। केसी हाल त्रिवि शिक्षण अस्पतालमा रहेका छन्।
प्रकाशित मिति: १९:५२ बजे, शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
