कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक पुरुषकाे मृत्यु
काठमाडौं, असोज ९ : चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। तनहुँको आँबुखैरेनीका ३९ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको...
काठमाडौं, असोज ९ : चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
तनहुँको आँबुखैरेनीका ३९ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पुरुषमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
साथै शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय १२ पुगेको छ।
प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
