Kathmandu Press

कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक पुरुषकाे मृत्यु

काठमाडौं, असोज ९ : चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। तनहुँको आँबुखैरेनीका ३९ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको...
कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक पुरुषकाे मृत्यु

काठमाडौं, असोज ९ : चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

तनहुँको आँबुखैरेनीका ३९ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो।

Hardik ivf

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पुरुषमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ। 

साथै शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय १२ पुगेको छ। 

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्