कोरोना संक्रमणबाट बाँकेमा एक पुरुषको मृत्यु
काठमाडौं, असोज ९ : नेपाल मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका ३ एक्लैनी निवासी ५२ वर्षीय...
काठमाडौं, असोज ९ : नेपाल मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।स्वासप्रस्वासमा समस्या भएपछि असोज ६ गते अस्पताल भर्ना भएका पुरुषमा सोही दिन संक्रमण पुष्टि भएको थियो।
पछल्लो समय उनको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्यासमृत देखिएको अस्पतालले जनाएको छ। योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।
प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











