Kathmandu Press

ललितपुरमा थप  तीनजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असोज ९ : ललितपुरमा थप दुई पुरुष र एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।मेघा अस्पतालमा ६ गते भर्ना भएकी  ७०...
ललितपुरमा थप  तीनजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असोज ९ : ललितपुरमा थप दुई पुरुष र एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मेघा अस्पतालमा ६ गते भर्ना भएकी  ७० वर्षीय ललितपुरकी महिलाको ८ गते मृत्यु भएको हो।

सोही अस्पतालमै उपचारत ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि ८ गते मृत्यु भएको छ।

यस्तै,  ललितपुरका ७२ वर्षीय पुरुषको बयोधा अस्पतालमा ७ गते भर्ना भएका संक्रमितको सोही दिन मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्