Kathmandu Press

विश्वप्रकाशले दिएको जग्गामा देवीका लागि बन्यो चिटिक्कको घर

धुलावारी, वैशाख ११ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले किनिदिएको ७ धुर जग्गामा मेचीनगर नगरपालिका–१० की देवी मेचेका लागि घ....

विश्वप्रकाशले दिएको जग्गामा देवीका लागि बन्यो चिटिक्कको घर

धुलावारी, वैशाख ११ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले किनिदिएको ७ धुर जग्गामा मेचीनगर नगरपालिका–१० की देवी मेचेका लागि घर निर्माण भएकाे छ।

देवीका विषयमा एक स्थानीय पत्रिकामा समाचार प्रकाशित भएपछि नेपाली कांग्रेसका प्रवक्ता शर्माले आफ्ना छोराको जन्मदिनको अवसर पारेर घर बनाउन ७ धुर जग्गा किनिदिएका थिए। सहयोगी हातहरुबाट आर्थिक संकलन गरेर करिव १० लाखको लागतमा घर निर्माण गरिको हो। ७ धुर जग्गामा २ कोठा, एउटा किचन र ट्वाइलेट  बाथरुमसहितको घर निर्माण गरिएको छ। उक्त घर कांग्रेसका प्रवक्ता शर्माले एक कार्यक्रमकाबीच सोमबार देवीलाई हस्तान्तरण गरेका हुन्।

विभिन्न संघसंस्था र सहयोगी हातहरुसँग निरन्तर छलफल गरेर विजय डालमियाको संयोजकत्वमा सहयोग समिति गठन गरेर घर निर्माण अभियान सुरु गरिएको थियो। घर निर्माण भएसँगै देवी भावुक हुँदै भनिन्,‘अब मैले अभिभावक पाएको छु। नानीहरुको पढ्ने वातावरण पनि बनेको छ।’ धुलावारीस्थित इष्ट होराइजन माविले दुबै छोरीहरुलाई निःशुल्क पढाइ दिने विद्यालयका प्रिन्सिपल सञ्जीव राईले बचन दिएको उनले बताइन्।

मेचीनगर-७ जोरसिमलमा जन्मिएकी देवीले ९ वर्षको हुँदा आमा गुमाइनन् मात्र अहिलेसम्म बुवालाई देख्नसमेत पाएकी छैनन्। आर्थिक अवस्था कमजोर भएकै कारण स्कुल गएर अक्षर चिन्ने अवसरबाट समेत बञ्चित भएकी देवीका बाबु कोइलाखानीमा काम गर्न गएका अहिलेसम्म फर्केका छैनन्।

आमाको निधनपछि करीब ४ वर्षसम्म मामा विष्णु मेचेसँग बसेकी देवी पछि आफ्नै दाजु भाउजुसँग बसेकी थिइन्। दाजु भाउजुसँग बसेपनि व्यापारीका घरमा काम गर्न बसेकी देवीलाई कपडा सुकाउँदै गर्दा करेन्ट लागेको थियो।  त्यसपछि शारीरिकरुपमा अशक्त भएकी देवी बेसहारा समेत बनिन्। स्थानीय कृष्ण घिमिरेसँग विवाह भएपनि दोस्रो सन्तान भए लगत्तै श्रीमानको मृत्यु भएको थियो।
 

प्रकाशित मिति: १९:४३ बजे, बुधबार, वैशाख ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्