Kathmandu Press

लेखा समितिले अख्तियारसँग माग्यो ठूला भ्रष्टाचारका फाइल अनुसन्धानको प्रगति विवरण

काठमाडौं, असोज ८ : प्रतिनिधिसभाको लेखा समितिले भ्रष्टाचारको छानबिनका लागि अख्तियारलाई सिफारिस गरिएका विषयका प्रगति विवरण पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र...
लेखा समितिले अख्तियारसँग माग्यो ठूला भ्रष्टाचारका फाइल अनुसन्धानको प्रगति विवरण

काठमाडौं, असोज ८ : प्रतिनिधिसभाको लेखा समितिले भ्रष्टाचारको छानबिनका लागि अख्तियारलाई सिफारिस गरिएका विषयका प्रगति विवरण पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ।

लेखा समितिले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड प्रकरण र वाइडवडीबारेको अनुसन्धानको प्रगति विवरण माग गर्दै अख्तियारलाई पत्र पठाएको समितिका सभापित भरतकुरमा साहले बताए। 

लेखाले छानबिनका लागि सिफारिस गर्ने तर अख्तियारले ढिलासुस्ती गर्ने भन्दै आलोचना भएपछि त्यसको प्रगति विवरण माग गरिएको साहको भनाई छ। ‘हामीले अनियमितता औँल्याउँदै छानबिनको जिम्मेवारी पाएको संवैधानिक निकायमा फाइल पठाउँछौँ तर त्यसमा छानबिन अघि बढे नबढेकोबारे कुनै जानकारी हुँदैन, त्यसैले हामीले प्रगति विवरणको माग गरेका हौँ,’ सभापित साहले भने।

बिहीबारको समितिको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले लेखा समितिले पठाएका सिफारिसबारेमा अख्तियारबाट प्रगति विवरण मगाउन माग गरेका थिए। ‘अख्तियारले मुद्धा चल्ने भए चल्ने नभए नचल्ने जवाफ दिनुपर्छ,’उनले बैठकमा भनेका थिए।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन डिल गरेको भनी अडियो सार्वजनिक भएको थियो।

त्यसप्रकरणमा अख्तियारले केही समयअघि घुस दिने कुराकानी गरेका विजयप्रसाद मिश्रलाई अख्तियार उपस्थित हुनुका लागि सार्वजनिक सूचना जारी गरेको थियो। अख्तियारले लेखा समितिले कारबाहीका लागि सिफारिस गरेको आयल निगम जग्गा खरिद प्रकरणमा पनि केही गर्न सकेको छैन। निवर्तमान प्रमुख आयुक्त नविन घिमिरेले सत्ताको छायाँमा परेर अख्तियारको काम प्रभावकारी रुपमा अघि बढाउन नसकेको आलोचना खेप्दै बाहिरिएका छन्। भदौको अन्तिम साता उनी अख्तियारबाट उमेर हदका कारण बाहिरिएका थिए।

प्रकाशित मिति: २३:५८ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्