चितवनमा बिहीबार थपिए १३७ जना कोरोना संक्रमित
काठमाडौं, असोज ८ : चितवनमा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा चितवनमा थप १३७ जनामा कोरोनाको संक्रमण पुष्टि...
काठमाडौं, असोज ८ : चितवनमा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा चितवनमा थप १३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। थपिएका संक्रमितमध्ये ७९ जना पुरुष र ५८ जना महिला रहेका छन्।
यस्तै, बिहीबार नेपालमा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।
संक्रमितमध्ये ५० हजार ४११ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५३ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बिहीबार देशभर कोरोनालाई जितेर ४५७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:२१ बजे, बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











