Kathmandu Press

हिमाल आरोहणको लागि बहराइनका राजकुमारको टोली लुक्ला प्रस्थान

काठमाडौं, असोज ८ : हिमाल आरोहणको लागि भदौ ३१ नेपाल आएका बहराइनका राजकुमार मोहम्म हामिद मोहम्म अल खलिफासहितको टोली लुक्ला प्रस्थान गरेको छ। लोबुचे...
हिमाल आरोहणको लागि बहराइनका राजकुमारको टोली लुक्ला प्रस्थान

काठमाडौं, असोज ८ : हिमाल आरोहणको लागि भदौ ३१ नेपाल आएका बहराइनका राजकुमार मोहम्म हामिद मोहम्म अल खलिफासहितको टोली लुक्ला प्रस्थान गरेको छ। 

लोबुचे हिमाल आरोहणका लागि १८ जनाको टोली कैलाश हेलिकोप्टरमार्फत आज लुक्ला प्रस्थान गरेको हो।

बुधबार नै लुक्ला जाने कार्यक्रम भएपनि खराब मौसमको कारण टोली आज गएको हो। 

लोबुचे हिमाल आरोहणपछि टोलीले मनास्लु हिमाल आरोहण गर्नेछन्।

प्रकाशित मिति: २०:२२ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्