Kathmandu Press

उर्जामन्त्री पुनको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, असोज ८ : सुरक्षाकर्मी (पीएसओ) मा कोरोना संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमा बसेका ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनको कोरोना रिपोर्ट नेगेटिभ आएको...
उर्जामन्त्री पुनको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, असोज ८ : सुरक्षाकर्मी (पीएसओ) मा कोरोना संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमा बसेका ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। 

बिहीबार आएको रिपोर्ट अनुसार उनमा कोरोना नेगेटिभ देखिएको उनका प्रेस संयोजक दयानिधि भट्टले बताए। 

मन्त्री पुनको बुधबार कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो।

कोरोना नेगेटिभ देखिएसँगै मन्त्री पुन आज (बिहीबार)बाट नियमित कामकाजमा फर्किएका छन्।

प्रकाशित मिति: २०:०८ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्