Kathmandu Press

ताप्लेजुङमा युवकद्वारा बाम्फोक प्रहार, तीन जना गम्भीर घाइते

ताप्लेजुङ, असोज ८ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एक युवकले तीन जनामाथि धारिलो हतियार बाम्फोक प्रहार गरेका छन्। बाम्फोक प्रहारबाट तीनै जना गम्भीर...
ताप्लेजुङमा युवकद्वारा बाम्फोक प्रहार, तीन जना गम्भीर घाइते

ताप्लेजुङ, असोज ८ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एक युवकले तीन जनामाथि धारिलो हतियार बाम्फोक प्रहार गरेका छन्। बाम्फोक प्रहारबाट तीनै जना गम्भीर घाइते भएका छन्।

गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई बाम्फोक प्रहार गरेका हुन्। तीन जनाको टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घटनापछि लाक्पा भने फरार छन्। गम्भिर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

तत्कालका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहे भए पनि त्यहाँ उपचार सम्भव नदेखिएकाले हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले बताए। घाइते फुटि भोटे लाक्पाकी ठुलीआमा हुन् भने पाशाङ ठुलीआमाका छोरा हुन्। अर्का पाशाङ भने काकाको छोरा रहेको स्थानीयले बताएका छन्।

बेलुकी ठुलीआमाको घरमा पुगेका लाक्पा त्यही खाना खाएर बसेका थिए। त्यसपछि अचानक हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन्।

घटनाका सम्बन्धमा बिस्तृत विवरण आउन बाँकी छ। घटना स्थलमा प्रहरी चौकी याम्फुदिनबाट प्रहरीको टोली पुगेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट समेत प्रहरीको टोली गईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। (रासस)

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्