Kathmandu Press

स्याङ्जा पहिरो : मृत्यु भएका पाँचको सनाखत, चार बेपत्ता

स्याङ्जा, असोज ८ : पहिरोले पुरिएर स्याङ्जाको वालिङमा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। अझै चार जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।आज...
स्याङ्जा पहिरो : मृत्यु भएका पाँचको सनाखत, चार बेपत्ता

स्याङ्जा, असोज ८ : पहिरोले पुरिएर स्याङ्जाको वालिङमा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। अझै चार जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घर पहिरोले पुरिएको थियो। पहिरो पन्छाउँदा पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र नौ वर्षीय विवश नेपाली रहेका छन्। अन्य चार जना अझै बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी अधिकारीले बताए।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गरिएको छ। उनको प्राथमिक अस्पताल वालिङ प्राथमिक उपचारपछि पोखरा लगिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्धारमा जुटेका छन्। माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्