डडेल्धुरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
डडेल्धुरा, असोज ८ : कोरोना भाइरसको संक्रमणबाट डडेल्धुरामा पनि गएराति एक जनाको मृत्यु भएको छ।डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा...
डडेल्धुरा, असोज ८ : कोरोना भाइरसको संक्रमणबाट डडेल्धुरामा पनि गएराति एक जनाको मृत्यु भएको छ।
डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो।
उनलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण देखिएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए। डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो।
बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वासप्रस्वासको गति बन्द भईसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगदीश बिष्टले बताए।
शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको उनले बताए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।











