Kathmandu Press

कोरोना संक्रमणबाट बुटवल अस्पतालमा उपचाररत दुई जनाको मृत्यु

बुटवल, असोज ८ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान दुई जना संक्रमितको मृत्यु भएको छ।अस्पतालका अनुसार केही दिनदेखि...
कोरोना संक्रमणबाट बुटवल अस्पतालमा उपचाररत दुई जनाको मृत्यु

बुटवल, असोज ८ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान दुई जना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका अनुसार केही दिनदेखि उपचाररत पश्चिम नवलपरासी र कपिलवस्तुका दुई जना संक्रमितको बिहीबार बिहान मृत्यु भएको हो। कोरोनाबाट मृत्यु हुने पश्चिम नवलपरासीको रामग्राम–३ का ४९ वर्षीय पुरुष रहेका छन्।

उनी स्वास्थ्यमा समस्या भएपछि उपचारका भदौ २७ गते बुटवल पुगेका थिए। उपचारका क्रममा क

काेरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो। कलेजोसम्बन्धी समस्या रहेका उनलाई श्वासप्रश्वासममा कठिनाइ भएपछि असोज २ गते भेन्टिलेटरमा राखिएका थियो। भेन्टिलेटरमै रहेका वेला बिहीबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

यसैगरि, कोरोनाबाट मृत्यु हुने अर्का व्यक्ति कपिलवस्तुको बुद्धभूमि–६ का ५० वर्षीय पुरुष रहेका छन्। उनको आज बिहान ७ बजे उपचारका क्रममै मृत्यु भएको डा. थापाले बताए।

उनलाई असोज १ गते अस्पताल भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि असोज २ गते भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै वेला आज बिहान मृत्यु भएको हो। उनी मधुमेहबाट पीडित थिए।

योसँगै बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। त्यस्तै, १४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्