Kathmandu Press

स्याङ्जामा पहिरोले घर पुर्दा ९ जनाको मृत्यु, एक जनाको जीवितै उद्धार  

काठमाडौं, असोज ८ : अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु भएको छ ।वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक...
स्याङ्जामा पहिरोले घर पुर्दा ९ जनाको मृत्यु, एक जनाको जीवितै उद्धार  

काठमाडौं, असोज ८ : अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक घर पुरिदा एकै परिवारका ८ जना सहित ९ जनाको मृत्यु भएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणँले काठमाडौं प्रेसलाई बताए । एक जनाको जीवतै उद्धार गरिएको उनले बताए । 

पहिरोले अर्को एक घरमा पनि क्षति पुर्‍याएको छ  ।  मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन् । 

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्