Kathmandu Press

आज पनि दिनभर झरी 

काठमाडौं, असोज ८ : आज पनि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।केही दिनयता जारी वर्षा...
आज पनि दिनभर झरी 

काठमाडौं, असोज ८ : आज पनि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

केही दिनयता जारी वर्षा शनिवारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रह देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानरमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति पनि सबै प्रदेशमा झरी पर्ने सम्भावना छ । भारी बर्षाको सम्भावना रहेकाले नदीको पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । 

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्