पाल्पामा पहिरो : एकै परिवारका ५ जना बेपत्ता
काठमाडौं, असोज ८ : पाल्पामा पहिरोमा पुरिएर एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।तीन दिनदेखिको अबिरल वर्षासँगै बिहीबार बिहान ४ बजे आएको...
काठमाडौं, असोज ८ : पाल्पामा पहिरोमा पुरिएर एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।
तीन दिनदेखिको अबिरल वर्षासँगै बिहीबार बिहान ४ बजे आएको पहिरोले रम्भा गाउँपालिका-२ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ५ जना वेपत्ता भएका हुन् ।
पहिरोमा परेर हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा (एक जना छोराको छोरी, अर्की छोरीको छोरी) बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले काठमाडौं प्रेसलाई बताए। मनबहादुर गाहा भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको आफू पैदलमार्फत घटनास्थलतर्फ जाँदै गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले काठमाडौं प्रेसलाई बताए ।
यस्तै, सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक गर्भवती महिला पहिरोमा पुरिएको खबर छ ।











