चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असोज ८ : चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३...
काठमाडौं, असोज ८ : चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
तनहुँको आँबुखैरहनी नगरपालिका-३ का ३९ वर्षीय युवाको मृत्यु गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो ।
प्रकाशित मिति: १३:११ बजे, बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











