Kathmandu Press

कोरोना संक्रमणबाट सिरहामा थप एकको मृत्यु

सिरहा, असोज ७ : कोरोना संक्रमणबाट सिरहामा आज थप एक पुरुषको मृत्यु भएको छ।  कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...
कोरोना संक्रमणबाट सिरहामा थप एकको मृत्यु

सिरहा, असोज ७ : कोरोना संक्रमणबाट सिरहामा आज थप एक पुरुषको मृत्यु भएको छ।  कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका –१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो। 

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार मस्तिष्काघातका साथै टाउको दुख्ने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो।

त्यहाँ कोरोना परीक्षण गर्दा मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि बिपी कोइराला प्रतिष्ठानमा रेफर गरिएको थियो। त्यहाँ उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख कर्णले बताए।

यससँगै कोरोना संक्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या १२ पुगेका छ। 

प्रकाशित मिति: ०२:०० बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्