Kathmandu Press

विद्युत् प्राधिकरणको कर्मचारी सवार जीप बगाउँदा एकको मृत्यु, दुई बेपता

चन्द्रौटा, असोज ७ : कपिलवस्तुमा बाढीले आज नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जीप बगाएको छ। जीप बगाउँदा एकको मृत्यु भएको छ भने अन्य...
विद्युत् प्राधिकरणको कर्मचारी सवार जीप बगाउँदा एकको मृत्यु, दुई बेपता

चन्द्रौटा, असोज ७ : कपिलवस्तुमा बाढीले आज नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जीप बगाएको छ। जीप बगाउँदा एकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता रहेका छन्।

वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको हो। जीपमा सवार नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन्।

वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ। जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए। 

घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।  खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको जनाइएको छ।

प्रकाशित मिति: ०१:५३ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्